रसुवा- प्रतिनिधिसभाको एउटा निर्वाचन क्षेत्र रहेको रसुवामा मतगणना सुरु भएको छ। प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत पहिलो चरणमा मंसिर १० मा भएको निर्वाचनको मतगणना सुरु भएको हो।
मतगणनास्थल वरपर आवतजावतमा निषेध गरिएको छ। मतगणना स्थलमा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर राख्दै आवतजावतमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए। मतगणना स्थलको जिल्ला समन्वय समितिको कम्पाउन्ड तर्फको पूर्वि गेटदेखि १५ मिटर र पश्चिमतर्फ जिल्ला स्वास्थ्य कार्यालयको कम्पाउन्ट सम्म चार किल्ला बनाईएको न्यौपानेले बताए।
नियमित आवतजावत गर्न ५ जना भन्दा बढी व्यक्ति एउटै समूहमा हिँड्न नपाउने गरी निषेध गरिएको छ।
मतगणना स्थल प्रवेश गर्ने स्थानमा हरेक व्यक्तिको खानतलासी गरी प्रवेशको व्यवस्था गरिरहेको छ। जिल्लामा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर राखी नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।