• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मतदानपछि शीर्ष नेताले के भने?

64x64
नेपाल लाइभ बिहीबार, मंसिर २१, २०७४  १४:०६
1140x725

काठमाडौं– प्रतिनिधि र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन आज हुँदैछ। यसै चरणमाअधिकांश शीर्ष नेताले मतदान गरेका छन्।

मतदानपछि नेताहरुले फरकफरक प्रतिक्रिया दिएका छन्। मुख्यगरी उनीहरुले मुलुक समृद्धिको दिशामा अघि बढेको उनीहरुको भनाइ छ।

शेरबहादुर देउवाः प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरा, गन्यापधुराको असिग्राम माविस्थित मतदान केन्द्रमा मतदान गरेका छन्। मतदानपछि उनले ट्वीट गरेका छन्– 'समृद्ध र लोकतान्त्रिक नेपाल निर्माणका लागि डडेल्धुरा, गन्यापधुराको असिग्राम माविस्थित मतदान केन्द्र पुगेर मैले आफ्नो मताधिकार प्रयोग गरेको छु। र, तपाईंहरूलाई पनि निर्धक्कसाथ आफ्नो मताधिकार प्रयोग गरी यो ऐतिहासिक निर्वाचनलाई एउटा उत्सवमा परिणत गर्न आग्रह गर्दछु।'

पुष्पकमल दाहाल प्रचण्डः चितवन ३ का उम्मेदवार रहेका प्रचण्डले भरतपुर महानगरपालिका वडा नम्बर १४ शिवनगरमा रहेको आधारभूत विद्यालय शान्तिपुरमा मतदान गरेका छन्। मतदान पछि उनले भने– 'सबैभन्दा ठूलो विद्रोहको नेतृत्व मैले गरें। शान्तिप्रक्रियाको नेतृत्व पनि गिरिजाबाबु र मैले गर्‍यौं तर गिरिजाबाबु अहिले हुनुहुन्न। ममात्रै जीवित बाँकी छु। त्यो कारणले पनि यो प्रक्रियाको सफलतासम्म आइपुग्दा, संविधान घोषणा, त्यसको कार्यान्वयनमा पनि नेतृत्वदायी भूमिका खेलेर अहिले आफैंले आफ्नै जिल्लामा आएर मतदान गर्दा र यहाँबाट स्थायीत्वको नयाँ यात्रा र विकास र समृद्धिको यात्रा सुरु भएको महसुस गरेको छु।

झलनाथ खनालः खनालले इलामको सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयमा मतदान गरेका थिए। मतदानपछि उनले भने– 'देश महत्वपूर्ण र समृद्धिको उन्मुख हुने चरणमा छ, निर्वाचन भएपछि देशमा विकासको मूल फुट्छ। 

रामचन्द्र पौडेलः पौडेलले तनहुँको व्यास नगरपालिकाको सत्यवती मावि मतदान केन्द्रमा मतदान गरेका छन्। मतदानपछि उनले भने–'७० वर्षदेखिको लोकतान्त्रिक आन्दोलन र संघर्षको परिणामले प्राप्त संविधानलाई कार्यान्वयन गरी लोकतन्त्रलाई संस्थागत गरी मुलुकलाई समृद्धिको बाटोमा लैजानका लागि यो निर्वाचन भइरहेको बताए। यसले मुलुकलाई अग्रगतिमा लग्नेछ र नेपालमा लोकतन्त्र साकार हुनेछ भनेर मैले विश्वास लिएको छु।'

कृष्ण सिटौलाः सिटौलाले झापा क्षेत्र नम्बर १ अन्तर्गत कलवलगुडी आधारभूत विद्यालयमा मतदान गरेका छन्। मतदानपछि उनले भने– 'संविधान कार्यान्वयनसँगै मुलुक समृद्धिको मार्गमा अघि बढ्ने यो महत्वपूर्ण र ऐतिहासिक निर्वाचन हो, निर्वाचन हुँदैन भनेर हल्ला फैलाउनेहरू असफल बनेका छन्। अब संघीयता, बहुलवाद र गणतन्त्र संस्थागत हुन्छ। निर्वाचनले परिवर्तनका पक्षधरलाई अनुमोदन गरी देशलाई समृद्धितर्फ लान्छ। अब परिवर्तन विरोधीहरु आफैं पाखा लाग्छन्।' 

प्रकाशमान सिंहः काठमाडौं क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार रहेका सिंहले क्षेत्र नम्बर ७ मा पर्ने पकनाजोलको युवक उच्च मावि मतदान केन्द्रबाट मतदान गरेका हुन्।मतदानपछि उनले भने– 'भातृत्वका हिसाबले रविन्द्र मिश्रलाई पत्रकारले चर्चामा ल्याए तर ग्राउन्डको हिरो मै हुँ।'

Ncell 2
Ncell 2
nimb
nimb

रवीन्द्र मिश्रः ललितपुरको भैसीपाटीबाट मतदान गरेका छन्। मतदानपछि मिश्रले ट्वीट गरेका छन्– 'देश बनाउनको लागि, आफ्नो टोलछिमेक बनाउनका लागि, आफ्नो परिवार बनाउनका लागि, आफ्नो भविष्य बनाउनका लागि लोकतन्त्रमा एउटा मतको ठूलो शक्ति हुन्छ। त्यो हामी सबैले प्रयोग गर्नुपर्छ।'

विमलेन्द्र निधिः निधिले धनुषाको राजेश्वरनिधि उच्च माविबाट मतदान गरेका छन्। मतदान पछि उनले ट्वीट गरेका छन्– 'मैले यहाँहरूका अधिकारका लागि यहाँहरूकै प्रतिनिधीको हैसियतले मतदान गरें। यो निर्वाचन सशस्त्र संघर्षलाई शान्तिमा रूपान्तरण गर्दै देशलाई सम्वृद्धिको अभियानमा लैजाने जनचाहनाको सम्बोधनका लागि भैरहेको हो। जसको नेतृत्व इतिहासका सबै कालखण्डमा कांग्रेसले गरेको हो र गरिरहने छ।'

ईश्वर पोखरेलः काठमाडौं ५ का उम्मेदवार समेत रहेका महासचिव पोखरेलले टोखा नगरपालिका वडा नं. ६ धापासीस्थित स्काई लार्क स्कुलमा मतदान गरेका छन्। मतदानपछि उनले भने– ‘वैदेशिक लगानी र स्थानीय सरकार समेतको व्यापक परिचालनबाट आर्थिक एजेण्डालाई प्राथमिकता दिएर अबको ध्यान भौतिक पूर्वाधार विकासमा केन्द्रित गर्छौं। हाम्रो अबको ध्यान मुलुकको पुनर्निर्माण र आधुनिकीकरणमा हुनेछ, समृद्धि प्राप्तिका निम्ति हुनेछ। विकास र समृद्धिको पक्षमा काम नगर्नेहरु अब आफै समाप्त भएर जान्छन्, त्यसैले हाम्रो ध्याउन्न अब मुलुक बनाउनेतिरै हुनेछ।’

कमल थापाः थापाले मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका वडा नं ५, पिप्लेस्थित बालज्योति मावि मतदान केन्द्रबाट मतदान गरेका छन्।मतदानपछि उनले पनि ट्वीट गरेका छन्– 'मैले आफ्नो मतदान गरें। यो निर्वाचन पश्चातशान्ति, स्थायित्व र प्रजातान्त्रिक वातावरण तयार भै देश आर्थिक बिकास र समृद्धि तर्फ उन्मुख हुने बिश्वास गरेको छु। मतदान गर्नबाट कोही नछुटौं।'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

(केही नेताको प्रतिक्रिया राससबाट लिइएका छन्)

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०७४  १४:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित
सम्बन्धित सामग्री
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन प्रधानमन्त्री र पार्टी सभापतिबीच बुधबार भएको छलफलको निष्कर्ष अब बस्ने मन्त्रिपरिषद् बैठकका निर्णयमा देखिनेछ। बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति यसरी पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेन सरकारको ‘प्रेम’लाई आशंकाको दृष्टिले हेर्न थालिएको छ। सरकार विवादित नियुक्तिको पक्षमा अडिन... बुधबार, कात्तिक ११, २०८३
संसदीय विशेष समिति माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्यांक समितिको आजको बैठकमा समितिका सभापति कृष्णप्रसाद पौडेलले मन्त्रालयलाई यथाशीघ्र सूक्ष्मरुपमा प्रत्येक वडाको हानी नोक्सानी र क्षतिको विव... बुधबार, कात्तिक ११, २०८३
ताजा समाचारसबै
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे बुधबार, कात्तिक ११, २०८३
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य मन्त्रालयको चेतावनी : बालबालिका, गर्भवती र सुत्केरीले इनर्जी ड्रिङ्क्स सेवन नगर्नू बुधबार, कात्तिक ११, २०८३
काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
किन चलिरहेको छ कर्मचारीमा राजिनामा दिने लहर , साउत यता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए राजीनामा बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्