डडेल्धुरा– प्रधानमन्त्री शेरबहादुर देउवाले अब पनि जनतालाई शेरबहादुरले चुनाव सार्दै छन् नभन्न एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरेका छन्।
गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका वडा नम्बर १ स्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गरेपछि प्रधानमन्त्री देउवाले पत्रकारसँगको कुराकानीमा यस्तो बताएका हुन्।
देउवाले भने, ‘हाम्रो ओलीजीले त भोट हालेपछि पनि चुनाव सार्दै छ भन्न बेर छैन!’
उनले चुनावमा निर्धक्क भएर सहभागी आम मतदातालाई आग्रह समेत गरे।
सुरक्षा चुनौतीबारे सोधिएको प्रश्नमा देउवाले बम विस्फोट गराउने तत्व सानो पटाका मात्र भएको टिप्पणी गरे।
‘यी त हाम्रो लागि साना पटाका मात्र हुन्, यिनीहरुले निर्वाचनमा कुनै असर पार्न सक्दैनन्’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।