काठमाडौं– राष्ट्रकवि माधव घिमिरेले देश समृद्धिको यात्रामा अघि बढेको बताएका छन्। उनले समृद्धिको यात्रामा अघि बढेको देशलाई जीवनको उत्तरार्द्धमा रहेको आफूले मतदान गरेको बताए।
९९ वर्षीय राष्ट्रकवि घिमिरेले लैनचौरको जनकनाथ मेमोरियल स्कुलमा मतदान गरेका थिए।
‘यो निर्वाचनले देश नयाँ युगमा प्रवेश गर्यो,' मतदानपछि घिमिरेले भने, ‘निर्वाचनपछि राजनीतिक स्थिरता आएर देश समृद्धिको मार्गमा अघि बढ्ने मैले विश्वास लिएको छु।’

घिमिरेले नेता कुरा र चर्चाले नहुने पनि बताए। भने, ‘नेता उसको कामले हुन्छ।’
मुलुकलाई सही मार्गमा लैजानको लागि समय र मौका आएको घिमिरेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।