डडेल्धुरा- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ मा मतदान गरेका छन्।
देउवाले गन्यापधुरा- १ को असिग्राम माविबाट बिहान सवा १० बजे मतदान गरेका हुन्।
प्रधानमन्त्री देउवाले बिहान साढे ८ बजे मतदान गर्ने तय भए पनि चिसो मौसमका कारण मतदान स्थलमा ढिलो पुगेका थिए।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।