काठमाडौं- काठमाडौं महानगरपालिका- २८ मा पर्ने प्रज्ञा भवन मतदान केन्द्रमा काठमाडौं क्षेत्र नं ६ का उमेदवार भीमसेनदास प्रधान र झक्कु सुवेदीको जम्काभेट भएको छ।
नेपाली कांग्रेसका उम्मेदवार रहेका प्रधानले माओवादी केन्द्रका उम्मेदवार सुवेदीलाई 'जय नेपाल' भन्दै हात मिलाए।
सुवेदी र प्रधानसँगै माओवादी केन्द्रका नेता हिमाल शर्मा समेत थिए।
प्रधानले रोल्पा र काठमाडौंबीचको प्रतिस्पर्धामा काठमाडौंले जित्ने भन्दै काठमाडौंले जित्दा हिमाल खुसी हुने प्रतिक्रिया दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।