काठमाडौं– छिटपुट घटनाबाहेक देशभर शान्तपूर्वक रुपमा मतदान भइरहेको प्रहरीले जनाएको छ। केही स्थानमा सामान्य झडप भएको छ भने केही मतदानस्थलमा बिहान १० बजेसम्म मतदाता पुगेका छैनन्।
सप्तरीको महदेवा मतदानस्थलमा कोही पनि मतदाता पुगेका छैनन्। महदेवा सिके राउतको गाउँ हो। मधेसलाई अलग राज्य बनाउनुपर्ने माग राख्दै आएका उनले निर्वाचन बहिष्कारको अभियान समेत चलाएका छन्। १० बजेसम्म महादेवाको आधारभूत मतदान केन्द्रमा मतदान नभएको र दिउँसो मतदान हुने खबर आएको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेश सिंहले बताए।
त्यस्तै, पर्साको नागवा मतदानस्थलमा दुई समूहबीच झडप र नाराबाजी भएको छ। उम्मेदवारहरु मतदानस्थलमा पुगेपछि विवाद मिलेको एसएसपी सूर्यप्रसाद उपाध्यायले बताए।
त्यस्तै मकवानपुरमा एक मतदानस्थल नजिकै नक्कली बम भेटिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।