काठमाडौं- उत्साहित मुद्रामा मतदान केन्द्र पुगेका कांग्रेस नेता प्रकाशमान सिंहले बिहानै मतदान गरेका छन्।
काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका सिंहले काठमाडौं क्षेत्र नम्बर ७ मा पर्ने पकनाजोलको युवक उच्च मावि मतदान केन्द्रबाट मतदान गरेका हुन्।
सो क्षेत्रमा प्रतिनिधिसभाका वाम गठबन्धनबाट अनिलकुमार शर्मा र विवेकशील साझा पार्टीबाट रविन्द्र मिश्रसमेत चुनावी मैदानमा छन्।
मतदान गरिसकेपछि मुस्काउँदै सिंहले भने, 'भातृत्वका हिसाबले रविन्द्र मिश्रलाई पत्रकारले चर्चामा ल्याए तर ग्राउन्डको हिरो मै हुँ।'




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।