सुर्खेत– प्रदेश नम्बर ६ का १० जिल्लामध्ये तीन जिल्लामा दोस्रो चरण अन्तर्गत आज प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुँदैछ। सुर्खेत, दैलेख र सल्यानमा बिहानैदेखि मतदान जारी छ।
सुर्खेत र दैलेखमा ६/६ तथा सल्यानमा ४ प्रतिनिधि छनोटका लागि मतदाताहरु निर्वाचनमा सहभागी हुँदै छन्।
तीन जिल्लामा मतदान जारी रहँदा यही प्रदेशका सात जिल्लाका नागरिक भने मतपरिणामको पर्खाइमा छन्। पहिलो चरण अन्तर्गत मंसिर १० गते निर्वाचन सम्पन्न भएका कालिकोट, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, डोल्पा र पश्चिम रुकमका नागरिक मतपरिणामको पर्खाइमा छन्।
दुवै चरणको निर्वाचन सम्पन्न भएपछि मात्रै मतगणना हुने भएकाले मतदान गरेको एक साता बितिसक्दा पनि ती जिल्लाका नागरिकले मतपरिणाम थाहा पाउन सकेका छैनन्। निर्वाचन सम्पन्न भएका सात वटै जिल्लामा आज दोस्रो चरणको निर्वाचन सकिए लगत्तै साँझ पाँच बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ।
सात वटै जिल्लामा मतगणनाका लागि तयारी भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।