सुर्खेत– सुर्खेतमा बिहान ७ बजेदेखि नै प्रदेश र प्रतिनिधिसभाका सदस्य छनोटका लागि मतदान चलिरहेको छ।
प्रतिनिधिसभामा २ र प्रदेशसभाका लागि ४ निर्वाचन क्षेत्र रहेको सुर्खेतमा दुई लाख बढी मतदाताले ६ जना प्रतिनिधि छनौट गर्दै छन्। मतदानमा नागरिकको उत्साहपूर्ण सहभागिता छ।
एक सय ३८ मतदानस्थलका २ सय ६३ मतदान केन्द्रमा निर्वाचन सम्पन्न गर्न दुई हजार एक सय कर्मचारी खटिएका छन्। यस्तै, सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी गरी करिब तीन हजार सुरक्षाकर्मी परिचालन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मुख्य निर्वाचन अधिकृत किरण शिवाकोटीका अनुसार, प्रत्येक मतदान केन्द्रमा ८ जना सुरक्षाकर्मी खटाइएको छ। सुर्खेतमा २ लाख ४ हजार ५ सय ७४ जना मतदाता छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।