रसुवा- २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रको उत्पादन बुधबार दिउँसोदेखि बन्द भएको छ। प्रसारण लाइन बिग्रिएपछि उत्पादन बन्द भएको हो।
विद्युत् उत्पादन नहुँदा सदरमुकाम धुञ्चेलगायत जिल्लाको उत्तरी भाग पूरै अन्धकार भएको छ।
बिग्रिएको राष्ट्रिय प्रसारण लाइनलाई मर्मत गरी यथाशक्य चाँडो विद्युत् उत्पादन सञ्चालन गराउन दक्ष प्राविधिकको माग भइसकेको जलविद्युत् केन्द्रले जनाएको छ।
बिहीबार साँझदेखि मतगणना सुरु हुने भएकाले विद्युत् गृह सञ्चालन गराउन ताकेता भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए। उनका अनुसार, बिहीबार दिउँसोसम्ममा विद्युत् गृह सञ्चालनमा आउने अपेक्षा गरिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।