बेंसीसहर- लमजुङ र कास्कीको सिमानाबाट घरेलु हतियारसहित चार जना पक्राउ परेका छन्।
मध्यनेपाल नगरपालिका–७ रामबजारबाट कास्कीतर्फ जाँदै गरेका चार जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको हो। सीमा सुरक्षा जाँचका क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको भोर्लेटार इलाका प्रहरी कार्यालयले जनाएको छ।
उनीहरुको साथबाट खुकुरीसहित दुई लिटर पेट्रोल, एउटै झोलाबाट कांग्रेस र वाम गठबन्धनको झन्डासमेत बरामद गरिएको छ।
पक्राउ पर्नेमा सुन्दरबजार–९ भोटेओडारका रमेश कार्की, कास्की रुपा गाउँपालिका, फलाङकोटका उमाकान्त खनाल, किसन श्रेष्ठ र प्रताप खनाल छन्। उनीहरुबारे आवश्यक छानबिन गरिरहेको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।