सान फ्रान्सिस्को (एजेन्सी)– अमेरिकी राष्ट्रपति डोनाल्डो ट्रम्प ट्विटर प्रयोगकर्ताका रुपमा विश्व चर्चित छन्। तर, २०१७ मा चर्चित ट्विट पोस्ट गर्ने विषयमा पूर्व राष्ट्रपति बराक ओबामाले ट्रम्पलाई उछिनेका छन्।
यो वर्ष रिट्विट भएको ट्विटरको शीर्ष १० सन्देशमा ओबामाका तीन वटा ट्विट समावेश छन्। ट्विटरको वार्षिक समीक्षा अनुसार भर्जिनियाको सर्लोट्सविलेमा भडकिएको जातीय दंगालाई लिएर गत अगस्टमा ओबामाले गरेको एउटा ट्विटलाई ३० करोडभन्दा बढी प्रयोगकर्ता भएको ट्विटरमा सबैभन्दा बढी रुचाइएको छ।
ओबामाले दक्षिण अफ्रिकाका अश्वेत नेता नेल्सन मन्डेलाको १९९४ मा प्रकासित आत्मकथाको एउटा पंक्ति उद्धरण गर्दै ट्विट गरेका थिए, ‘कुनै पनि व्यक्ति अरु व्यक्तिको शरीरको रंग, उसको पृष्ठभूमि या धर्मको आधारमा उसप्रति द्वेष राख्नका लागि जन्मिएको हुँदैन।’
बुधबार प्राप्त जानकारी अनुसार ओबामाको यो ट्विट दोस्रो पल्ट सर्वाधिक रिट्विट भएको थियो। ओबामाको सबैभन्दा धेरै रिट्विट भएको ट्विट फुड चेन ‘वेन्डी’को ‘चिकन नगेट्स’को ट्विट थियो।
ट्विटरका अनुसार राष्ट्रपति ट्रम्प ट्विट गर्ने विषयमा सक्रिय छन्। तर, उनको सन्देशले कुनै स्थान पाएको छैन। ओबामाको निजी ट्विटर अकाउन्टबाट गरिएको ट्विटले सबैभन्दा बढी करिब ४६ लाख ‘लाइक्स’ पाएको छ। उनले यो ट्विट त्यति बेला गरेका थिए, जब भर्जिनियाको शार्लोट्सविलेमा गोराहरुले आफूलाई सर्वश्रेष्ठ मान्नुपर्ने भन्दै हिंस्रक र्यालीको आयोजना गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।