वेलिङ्टन- जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम वृद्धिलाई थप भयावह अवस्थामा पुग्न नदिन विश्व ‘सही बाटोमा अघि नबढेको’ संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसल बताएका छन्।
दक्षिण प्रशान्त क्षेत्रको भ्रमणमा रहेका राष्ट्रसङ्घ प्रमुखले न्यूजिल्यान्डमा आइतबार एक कार्यक्रमलाई सम्बोधन गर्दै भने, 'हामीले पेरिस सहमतिले परिभाषित गरेको उद्देश्य प्राप्त गर्न गर्नुपर्ने काम कुनै पनि ठाँउमा नभएको प्रष्ट देखिन थालेको छ।'
'अन्तर्राष्ट्रिय राजनीतिक सङ्कल्प हराउँदै गएको छ, खासगरी यसबाट साना टापूहरू जो समुद्री सतहबाट निकै नजिकको उचाइमा रहेका छन्, धेरै प्रभावित भइरहेका छन्', उनले थपे।
जलवायुसम्बन्धी पेरिस सम्झौताले विश्वव्यापी तापमान वृद्धिलाई औद्यौगिक क्रान्तिपूर्वको तापक्रम अर्थात् १.५ डिग्री सेल्सियसमा सिमित गर्ने योजना अघि सारेको भएपनि यसलाई कार्यान्वयनको तहमा लान तापमान वृद्धिमा उल्लेख्य भूमिका खेल्दै आएका विश्वका विकसित तथा सम्पन्न कतिपय मुलुकले नै आनाकानी गरिरहेका उनको भनाइ थियो।
विरोधाभासको कुरा के छ भने पृथ्वीको तापक्रम झनभन्दा झन बिग्रिँदै गएको तर राजनीतिक कदमहरू विस्तारै प्रभावहीन बन्दै गएका उनले न्यूजिल्यान्डका प्रधानमन्त्री यासिन्दा अर्डर्नसँगको संयुक्त प्रेस सम्मेलनमा अकल्यान्डमा बताएका हुन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।