काठमाडौं– प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सुरक्षाको व्यवस्था मजबुत बनाएकाले ढुक्क भएर मतदान स्थलमा जान आग्रह गरेका छन्।
निर्वाचन आयोगमा विशेष पत्रकार सम्मेलन गर्दै प्रमुख आयुक्तले भयरहित वातावरणमा मतदान गर्न पाउने नागरिकको हक संरक्षण हुने गरी सुरक्षाको व्यवस्था मिलाएकाले ढुक्क भएर बिहान सात बजेदेखि मतदानमा सहभागी हुन आग्रह गरेका हुन्।
४५ जिल्लामा १ लाख ५५ हजार कर्मचारी खटाइएको प्रमुख आयुक्त यादवले बताए। बिहिबार १ सय २८ प्रतिनिधिसभा सदस्य र २ सय ५६ प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदैछ।
पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा मतदान सम्पन्न भएको थियो। पहिलो चरणमा शान्तिपुर्ण निर्वाचन भएको थियो। दोस्रो चरणमा पनि शान्तिपुर्ण हुने दाबी गर्दै प्रमुख आयुक्त यादवले भने, ‘सुरक्षाको व्यवस्था ठीक छ, ढुक्क भएर मतदान गर्न आग्रह गर्दछु।’
सबै जिल्लाहरुमा मतपेटिका, मतपत्र र अन्य निर्वाचनका सामाग्री पुगिसकेको तथा मतदानपछि मतपत्र जिल्ला सदरमुकाम ल्याउने व्यवस्था समेत मिलाइसकिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।