काठमाडौं– महानगरीय प्रहरी अपराध महाशाखाले ५ लाखसहित एक हुण्डी कारोबारीलाई पक्राउ गरेको छ।
काठमाडौं मख्खन गल्लीबाट शुक्रबार ५ लाख ९ हजारसहित हुण्डी कारोबारी भारतीय नागरिक नरेश कुमार पक्राउ परेका हुन्।
मख्खन गल्लिमा रहेको आराध्यदेव इन्टरप्राइजेज कुर्था साडी पसलबाट पक्राउ परेका भारत राजस्थानका नरेशलाई कारबाहीको लागि राजश्व अनुसन्धान विभाग पुल्चोक पठाइएको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।