नयाँ दिल्ली– सन्नी लियोनको बलिउड आगमन भारतीय दर्शकका लागि कुनै समय एउटा उत्सव बनेको थियो। त्यसैले यसअघि उनका कुनै फिल्मले पनि दर्शकको अभाव झेल्नु परेन। मध्यमस्तरको बलिउड फिल्मका लागि पैसा छाप्ने मेसिन जस्तै बनिसकेकी लियोनको जादू अब चल्न छाडेको छ।
गत शुक्रबार रिलिज फिल्म ‘तेरा इंतजार’ले सप्ताहन्तका तीन दिनमा मात्रै १ करोड ३ लाख भारतीय रुपैयाँ कमाएको छ। फिल्म दोस्रो हप्तामा जाने अवस्था छैन। यही अवस्थाले १२ करोड रुपैयाँ लगानी भएको फिल्मका निर्माता नराम्रो तरिकाले डुबेका छन्।
सन्नीसँगै सलमान खानका भाइ अरबाज खान देखिएका छन् । तर, उनी मुख्य हिरोका रुपमा कहिल्यै माथि उठ्न सकेनन्।
हालसम्म ९ वटा फिल्म गरिसकेकी सन्नीको बलिउडयात्रामा यो फिल्मले ब्रेक लगाउने त होइन? बलिउडकर्मीहरुमा संशय पैदा भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।