काठमाडौं- भोलि ४५ जिल्लामा सवारीसाधन नचल्ने भएका छन्।
दोस्रो चरण अन्तर्गत हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका दिन ४५ जिल्लामा सवारीसाधन चलाउन रोक लगाइएको हो। गृह मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै निर्वाचनका लागि उपत्यकाबाहिर जाने मतदातालाई आज राति १२ बजेसम्म गन्तव्यमा पुग्न पनि आग्रह गरेको छ।
मतदान हुने दिन सुरक्षा निकायका सवारीसाधन र निर्वाचन प्रयोजनका लागि पास लिएका सवारीसाधन भने चल्न पाउनेछन्। अत्यावश्यक सेवामा सूचीकृत रहेका एम्बुलेन्स, दमकल, खानेपानी, शववाहन, दुरसञ्चार तथा दूध ढुवानी गर्ने सवारीसाधनमा भने रोक लगाइएको छैन।
मतदान सकिएपछि साँझ ७ बजेबाट भने सवारीसाधन साबिक रुपमै चल्न पाउने मन्त्रालयले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।