काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोे (सिआइबी)ले हत्या गरी फरार भएका एक व्यक्तिलाई ९ वर्षपछि पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेको महाभारत गाउँपालिका–२ घर भई ललितपुर सानेपामा बस्ने ३८ वर्षीय इन्द्रबहादुर मोक्तान छन्।
उनले २०६७ असार १ गते काभ्रेको साविकको गाकुले गाविस-४ का दीर्घबहादुर गोलेको हत्या गरेका थिए। गोलेको हत्यापछि फरार भएका उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।
उनलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको सिआइबीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।