काठमाडौं- नेपाली कांग्रेसले भोलि हुन लागेको दोस्रो चरणको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गर्नेलाई कारबाही गर्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरी पार्टीका नेता तथा कार्यकर्ताले पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको प्रमाणित भए कांग्रेसको विधानअनुसार साधारण सदस्यसमेत नरहने गरी स्वतः निष्काशन गर्ने जानकारी दिए।
कांग्रेसले पार्टीका विभिन्न तहका कार्यसमितिले जिल्ला कार्यसमितिमार्फत पार्टीका आधिकारिक उम्मेदवारविरुद्धमा असहयोग गरेको पाइएमा यथाशीघ्र पार्टीको केन्द्रीय कार्यालयमा पठाउनसमेत निर्देशन गरेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।