• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ १७, २०८२ Sat, Jan 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

कुन-कुन विषयमा अड्किएकाे छ अमेरिका-चीन व्यापार वार्ता?

64x64
नेपाल लाइभ आइतबार, वैशाख २९, २०७६  ०६:३३
1140x725

अमेरिका– चीनबीच विगत केही महिनादेखि चलिरहेको व्यापार वार्ताका प्रमुख वार्ताकार तथा चिनियाँ उपप्रधानमन्त्री लिउ हेले वासिङ्टन र बेइजिङबीच प्रमुख ३ बुँदामा असहमति रहेको बताएका छन्।

वासिङ्टनमा दुई दिन लामो वार्तापछि शुक्रबार साँझ गरिएको पत्रकार सम्मेलनमा लिउले भने, 'वार्ता भङ्ग भएको छैन। तर अमेरिकाले चिनियाँ सामानमाथि थप कर वृद्धि गर्ने घोषणाले दुई देशबीच सामान्य तर फरक मोड निम्त्याएको अवस्था हो। दुई देशबीचको वार्ता अपरिहार्य छ।'

उनले अर्को वार्ता मितिबारे उल्लेख नगरिकन भने, 'दुबै पक्षले फेरि बेइजिङमा भेट गर्ने र वार्तालाई अघि बढाउने कुरामा सहमति भएको छ।'

संयुक्त राज्य अमेरिका र चीनले दुबैतर्फ गरी गत वर्षदेखि करिब ३ खर्ब ६० अर्ब अमेरिकी डलर बराबरको कर वृद्धि गरेका छन्। यसबाट अमेरिकी कृषिजन्य सामानहरूको चीन निर्यात ठूलो मात्रामा घटेको छ भने चीनबाट अमेरिका पुग्ने सामानमा पनि उल्लेख्य कमी आएको छ।

व्यापार विवादका कारण दुबै देशको विनिर्माण क्षेत्रका सामानमा भएको मूल्य वृद्धिका कारण विश्वका दुई ठूला अर्थतन्त्रका साथै विश्व बजारमा पनि यसको प्रभाव परिरहेको छ। यद्यपि लिउले दुई दिन लामो पछिल्लो वार्ता ‘लाभदायी’ भएको बताएका छन्।

Ncell 2
Ncell 2

'हामीले धेरै कुरामा सहमति जुटाएका छौँ। प्रष्ट भन्नुपर्दा केही क्षेत्रमा मतभिन्नता देखिएको छ। र हामीलाई थाहा छ कि ती मतभिन्नताका विषय भनेका ठूला सैद्धान्तिक चासोका कुरा हुन्।', उनले भने, 'पहिलो, चिनियाँ पक्षले सम्झौताका लागि दण्डजन्य सबै कर खारेज गरिनुपर्ने अडान राखेको छ, जसमा अमेरिकाले सहमति जनाउन मानेको छैन। यद्यपि यो छलफलको क्रममा रहेको छ।'

'दोस्रो, चीनले आयात गर्ने अमेरिकी सामानको प्रारम्भिक तथ्याङ्कमा अर्जेन्टिनामा भएको व्यापार सम्झौताका लागि भएको घोषणामा नै चिनियाँ राष्ट्रपति सी चिन फिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सहमति बनेको थियो। तर, अन्त्यमा तथ्याङ्क के हो भन्नेमा दुबै पक्षबीच फरक-फरक धारणा देखिएको छ। हामीलाई लाग्छ यो निकै गम्भीर कुरा हो र त्यो सजिलै परिवर्तन हुन सक्दैन', उनले थपे।

'सहमतिको विषयहरू दुबै पक्षका लागि ‘सन्तुलित’ हुनुपर्छ किनकि कुनै पनि मुलुकले आफ्नो प्रतिष्ठा गुमाउन चाहन्न। मलाई लाग्छ यि सबै ठूला सैद्धान्तिक पक्षहरू हुन्। किनकि हरेक राष्ट्रका आ–आफ्ना हिसाबले महत्वपूर्ण एजेन्डा हुनसक्छन्। हाम्रो (चीनको) कुरा गर्दा हामीले सिद्धान्तका विषयमा सम्झौता गर्न सक्दैनौँ', उनले अन्तिम असहमतिकाे बुँदा भने।  

अमेरिकाले राष्ट्रपतिले चिनियाँ सामानमा दुई खर्ब अमेरिकी डलर बराबरको कर वृद्धि यस पहिले नै गरिसकेकाे छ भने चीनले पनि बदलामा अमेरिकी सामानमाथिको करवृद्धि गरेको छ।

पछिल्लो हप्ता अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी भन्सार अधिकारीलाई तीन खर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा भन्सार वृद्धि गर्न आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए। योसँगै चीनबाट अमेरिका जाने लगभग सम्पूर्ण सामानमा कर वृद्धि हुने चिनियाँ अधिकारीले बताएका छन्।

चीनले पनि बदलामा आवश्यक निर्णय लिने अमेरिकी घोषणाको केही मिनेट भित्रमानै जनाइसकेको थियाे। रासस/एएफपी

प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६  ०६:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको घरको गेट फुटाइयो
पूजा महतोको कप्तानीमा नेपालले एसिया कप खेल्ने
साफ यु-१९ महिला च्याम्पियनसिप : उद्धाटन खेलमा आज नेपाल र भारत भिड्दै
सम्बन्धित सामग्री
कोलम्बियामा विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु १३ यात्रु र दुई चालक दलका सदस्य विमानमा रहेकोमा सबैको मृत्यु भएको हो । बिहीबार, माघ १५, २०८२
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन भारतीय सञ्चार माध्यमहरुका अनुसार बारामती विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटना भएको हो । बुधबार, माघ १४, २०८२
होलोकास्ट स्मृति दिवस : छ लाख यहुदीप्रति श्रद्धाञ्जली संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक वर्ष जनवरी २७ मा होलोकास्ट बुधबार, माघ १४, २०८२
ताजा समाचारसबै
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
पूजा महतोको कप्तानीमा नेपालले एसिया कप खेल्ने शनिबार, माघ १७, २०८२
साफ यु-१९ महिला च्याम्पियनसिप : उद्धाटन खेलमा आज नेपाल र भारत भिड्दै शनिबार, माघ १७, २०८२
सिन्दूर, टुथपेस्ट र गाजलमा लिडको अधिक मात्रा भेटियो, जनस्वास्थ्यमा गम्भीर असर शनिबार, माघ १७, २०८२
यस्तो छ आजका लागि फलफूल र तरकारीको थोक मूल्य शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
खगेन्द्र सुनारको विवादित अभिव्यक्तिपछि रास्वपाले दियो जवाफ शुक्रबार, माघ १६, २०८२
काँग्रेसले विगतका सकारात्मक अभ्यास आत्मसात् गर्दै कमजोरी त्यागिसकेको गगन थापाको दाबी शुक्रबार, माघ १६, २०८२
नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गरी सर्लाहीबाट काठमाडौँ फर्किए गगन थापा शुक्रबार, माघ १६, २०८२
बालेनको प्रचारमा गएका पत्रकार सिटौला अचानक ढलेपछि सेनाको जहाजमा काठमाडौं ल्याइँदै शुक्रबार, माघ १६, २०८२
युवा संघको अध्यक्षमा गुरुङ चयन शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्