काठमाडौं- नेपाल गुणस्तर तथा नापतौल विभागले अम्बे सिमेन्ट प्रालि पर्साको इजाजत रद्द गरेको छ।
प्रालिले नेपाल गुणस्तर ४९ ले तोकेकोभन्दा कम गुणस्तरीय पदार्थको प्रयोग गरेर उत्पादन गरेपछि विभागले आफ्नो विभागबाट प्रदान गरेको प्रमाण चिह्न प्रयोगको इजाजत रद्द गरेको हो।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले कम्पनीले आफ्नो ओपिसीको उत्पादनमा नेपाल गुणस्तरले तोकेको मापदण्डभन्दा कमसल पदार्थ प्रयोग गरेर उत्पादन गरेकाले इजाजतपत्र रद्द गर्नुपरेको बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।