काठमाडाैं- नेपाल प्रहरीको साइबर अनुसन्धान ब्युरो भोटाहिटी र मानव बेचबिखन नियन्त्रण ब्युरो बबरमहलमा स्थापना भएको छ।
सामाजिक सञ्जालको प्रयोग बढेसँगै बढ्दो विद्युतीय अपराध र महिला तथा बालबालिका बेचबिखन बढेसँगै सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा साइबर अनुसन्धान ब्युरो र मानव बेचबिखन नियन्त्रण ब्युरो स्थापना गर्न बजेट विनियोजन गरेसँगै भोटाहिटी र बबरमहलमा ब्युरो स्थापना भएको हो।
चालू आर्थिक वर्षको बजेट वक्तव्यमा दुई ब्युरो स्थापना गर्न बजेट विनियोजन गरेसँगै प्रहरी प्रधान कार्यालयमा रहेका ब्युरोले यही बैसाख २९ देखि भोटाहिटी र बबरमहलबाट सेवा प्रदान गर्न लागेका हुन्।
हाल साइबर अनुसन्धान ब्युरोमा ७० र मानव बेचबिखन नियन्त्रण ब्युरोमा ६० दरबन्दी रहनेछ। साइबर अनुसन्धान ब्युरोको प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) र मानव बेचबिखन ब्युरोको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक रहने प्रहरी प्रधान कार्यालयले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।