पोखरा- कास्कीमा पछिल्लो समय निर्वाचन विरोधी गतिविधिमा संलग्न ४० जना पक्राउ परेका छन्।
पक्राउ परेका सबैलाई केही सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए।
मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले ४९ अतिसंवेदनशील, ५० संवेदनशील र ५१ मतदान केन्द्रलाई सामान्य मतदान केन्द्रका रुपमा वर्गीकरण गरी सोहीअनुरुप सुरक्षाकर्मी परिचालन गरेको प्रवक्ता खत्रीले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।