विराटनगर- मंसिर २१ गते हुने प्रदेश र प्रतिनिभिसभा निर्वाचनका लागि मोरङका सबै मतदान केन्द्रबाट मंगलबारदेखि मतदाता परिचयपत्र वितरण सुरु भएको छ।
जिल्लाका ७ सय ५८ मतदान केन्द्रमा खटिएका मतदान गराउने टोलीले बुधबारसम्म मतदाता परिचयपत्र वितरण गर्ने निर्वाचन आयोग क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ।
मोरङका ६ निर्वाचन क्षेत्रमा ६ लाख ४४ हजार मतदाता छन्। निर्वाचन गराउन सुरक्षाकर्मीबाहेक ६ हजार ६४ कर्मचारी परिचालन भएका छन्। प्रत्येक मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारीहरु पुगिसकेको कार्यालयले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।