काठमाडौं– मंसिर २१ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा राष्ट्रपति विद्यादेवी भण्डारीले मतदान नगर्ने राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति भण्डारीको काठमाडौं क्षेत्र नम्बर ४ को चपली मतदान केन्द्रमा मतदाता सूचीमा नाम छ।
राष्ट्रपति राजनीतिक दलभन्दा माथि भएकाले मतदान नगर्ने राष्ट्रपतिका स्वकीय सचिव शिव भट्टराईले बताए। ‘राष्ट्रपति साझा र स्वतन्त्र व्यक्ति भएकाले कुनै पनि दललाई भोट हाल्नुहुन्न,’ स्वकीय सचिव भट्टराईले भने।
प्रतिनिधि र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा उपराष्ट्रपति नन्दबहादुर पुनले पनि मतदान गरेनन्। उनको रोल्पामा मतदाता सूचीमा नाम छ। रोल्पामा गत मंसिर १० मा निर्वाचन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।