नयाँदिल्ली– कपिल शर्माको ‘फिरंगी’ शुक्रबार रिलिज भयो। तर, बक्स अफिसमा यसले यति निराशाजनक व्यापार गर्यो कि कपिल शर्मा समेत सञ्चार माध्यामको सम्पर्क बाहिर पुगेका छन्। तीन दिनमा उनको फिल्मले जम्मा ६ करोड ३० लाख रुपैयाँको मात्र व्यापार गर्यो।
फिरंगीले रिलिजको दिन १ करोड ८ लाखको व्यापार गरेको थियो। भारतमा कमेडीका सफल कलाकार कपिलले २०१५ मा ‘किस किस को प्यार करुँ’बाट ठूलो पर्दामा डेब्यु गरेका थिए। उक्त फिल्मले फिरंगीभन्दा केही राम्रो सफलता हासिल गरेको थियो। ठूलो पर्दामा दुई वर्षपछिको उनको फिर्ती बिर्सिनलायक बनेको छ।
कमेडीबाट राम्रो फ्यान कमाएका कपिलको फिल्म हेर्न दर्शक नजानुको कारण पछिल्लो समय उनमा बढेको घमण्डलाई पनि लिइएको छ। केही समयअघि आफ्नै सहकर्मी सुनिल ग्रोवरमाथि दुर्व्यवहार गरेको घटनाले उनलाई विवादित बनाएको थियो।
त्यसपछि भारतीय टिभी, उनका साथी र बलिउडकर्मीले समेत कपिलको साथ छाड्दै गएका थिए। यसपल्ट दर्शकले पनि उनको साथ छाडेको फिल्मको असफलताले देखाएको छ। एक भारतीय समीक्षकले भनेका छन्, ‘बक्स अफिसले कपिलको घमन्ड तोडेको छ। त्यसैले कोही पनि सफलताको मातमा उम्लिनुहुँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।