डडेल्धुरा- वाम गठबन्धनबाट प्रतिनिधिसभातर्फ डडेल्धुराका उम्मेदवार खगराज भट्टको गाडीलाई लक्षित गरी बम विस्फोट भएको छ।
परशुराम नगरपलिकामा आयोजित चुनावीसभा सकेर सोमबार साँझ जिल्ला सदरमुकाम फर्किने क्रममा आलिताल गाउँपालिका ८ बाख्खोलीमा विस्फोट गराइएको हो। विस्फोटबाट गाडीमा सामान्य क्षति पुगेको छ।
यस्तै नेपाली कांग्रेसका नेता एवं कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभाका उम्मेदवार रमेश लेखकको भीमदत्त नगरपालिका भाँसीस्थित घर नजिकै गएराति बम विस्फोट भएको छ।
विस्फोटबाट घरमा कुनै क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए।
नेपाली कांग्रेस कञ्चनपुरका पूर्व जिल्ला कार्यसमिति सचिव भोजराज बोहराले घटनाको भर्त्सना गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।