दमक- संघीय समाजवादी फोरम नेपालका उम्मेदवारले प्रयोग गरेको बोलेरो जिपमाथि आक्रमण भएको छ।
झापा क्षेत्र नम्बर ५ प्रदेशसभा (२) का उम्मेदवार सुशीलकुमार राईले निर्वाचन प्रयोजनका लागि प्रयोग गरेको बा १४ च २५२ नम्बरको जिपमाथि अज्ञात समूहले ढुंगा प्रहार भएको हो। दमक–४ स्थित कृष्ण मन्दिरमा सोमबार साँझ सो घटना भएको जिप चालक कुलबहादुर तामाङले बताए।
घटनाबारे दमक प्रहरीलाई खबर गरिएको उम्मेदवारका प्रतिनिधि खेम दाहालले जानकारी दिए।
यसैबीच, ससफो नेपाल, झापा निर्वाचन क्षेत्र ५ का निर्वाचन परिचालन समितिका संयोजक प्रवीण चाम्लिङले एक विज्ञप्ति जारी गरी आक्रमण घटनाको निन्दा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।