कञ्चनपुर- दोस्रो चरण अन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा प्रदेश नम्बर ७ का ५ जिल्लाका १० लाख ५० हजार ७३३ जना मतदाता रहेका छन्।
क्षेत्रीय निर्वाचन कार्यालय, धनगढीले दिएको जानकारी अनुसार सबैभन्दा बढी कैलालीमा ४ लाख ६० हजार ५८० जना मतदाता रहेका छन्।
कैलालीमा २ लाख २३ हजार ५०९ पुरुष, २ लाख ३७ हजार ६३ महिला र ८ जना तेस्रोलिंगी रहेका छन्।
प्रदेश नम्बर ७ मा सबैभन्दा कम मतदाता डडेल्धुरामा रहेका छन्। डडेल्धुरामा ४० हजार १५६ पुरुष र ४१ हजार ५७६ महिला गरी कुल ८१ हजार ७३२ मतदाता रहेका छन्।
कञ्चनपुरमा एक लाख २८ हजार ५२३ पुरुष, एक लाख ३६ हजार ४५१ महिला र एक तेस्रोलिंगी गरी २ लाख ६४ हजार ९७५ मतदाता रहेका छन्। अछाममा ६४ हजार ७७६ पुरुष, ७२ हजार १२५ महिला र २ तेस्रोलिंगी गरी एक लाख ३६ हजार ९०३ मतदाता रहेका छन्।
डोटीमा भने ४९ हजार १४३ पुरुष र ५७ हजार ४ सय महिला गरी कुल १ लाख ६ हजार ५४३ मतदाता रहेका छन्। प्रदेशका अन्य जिल्लामा भने मंसिर १० मा नै निर्वाचन सम्पन्न भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।