ब्रसेल्स, बेल्जियम- युरोपियन युनियन (इयु) र बेलायतबीच सम्बद्ध पक्षबीच भएको सम्झौतावार्ता सहमति नजिक पुगेको इयु प्रमुख डोनाल्ड टस्कले बताएका छन्।
इयुबाट बेलायतको बर्हिगमनका लागि भएको वार्ता यसभन्दा अघिको तुलनामा सहमतिको निकै नजिक पुगेको टस्कले बताए। सम्झौताका लागि निकै जटिल विषयका रूपमा देखिएको आयरल्यान्डका विषयमा पनि सहमतिको सम्भावना बढेर गएको उनको भनाइ छ।
'मैले ब्रेक्जिटका विषयमा आयरल्यान्डका प्रधानमन्त्री लियो वारदकरसँग गरेको टेलिफोन वार्ता निकै सकारात्मक पाएको छु। यसबाट म निकै उत्साहित छु,' उनले भने।
केही समयपछि यही डिसेम्बरमा इयु सम्मेलनमा प्रक्रियाका लागि थप छलफल हुने बताउँदै उनले आयरल्यान्डका प्रधानमन्त्रीसँगको फोनवार्ता सकारात्मक पाएको जानकारी दिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।