डडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिका केन्द्र लालढुंगा बजारमा सोमबार भेटिएको प्रेसकुकर बम नेपाली सेनाले निष्क्रिय पारेको छ। परशुराम नगरपालिकाको लालढुंगा बजार नजिक रहेको बसपार्कमा बम भेटिएको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको हो।
बम राखिएको सूचना पाएपछि पुगेको सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रप्रसाद जोशीले बताए। बस पार्कमा सोमबारै वाम गठबन्धनको चुनावीसभा थियो। बम राख्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।