राजविराज- संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं प्रतिनिधिसभा सप्तरी क्षेत्र नम्बर २ का उम्मेदवार उपेन्द्र यादवले प्रदेश नम्बर २ को प्रदेशसभामा आफूहरुको बहुमत आउने दाबी गरेका छन्।
संघीय प्रेस फोरम सप्तरीले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले प्रदेश नम्बर २ मा मधेसी गठबन्धनको बहुमत आउने र प्रतिनिधिसभामा पनि मधेस गठबन्धनको सम्मानजनक स्थान आउने बताएका हुन्।
अध्यक्ष यादवले आफू जन्मेको जिल्लामा चुनावी प्रचारप्रसार गर्न जाँदा अत्यन्त जर्जर अवस्था देखेकाले अब समृद्धिका लागि काम गर्ने बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।