भारत– हिन्दी फिल्मका परिचित अभिनेता शशि कपुरको सोमवार निधन भएके छ । ७९ वर्षको उमेरमा उनको मुम्बइस्थित कोकिला बेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी गत तीन हप्तादेखि बिरामी थिए । उनले १ सय ४८ हिन्दी र १२ अँग्रेजी गरेर १ सय ६० फिल्ममा अभिनय गरेका छन् । उनी ६० र ७० को दशकमा असाध्यै चर्चित थिए ।
उनका ‘जब-जब फूल खिले’, 'कन्यादान', 'शर्मीली', 'आ गले लग जा', 'रोटी कपड़ा और मकान', 'चोर मचाए शोर', 'दीवार', 'कभी-कभी' र 'फकीरा ' जस्ता धेरै फिल्म हिट छन् ।
आकर्षक व्यक्तित्वका धनी शशि कपुर सानोमा बलवीर राज कपुरका रुपमा चिनिन्थे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।