भारत– साउथ इन्डियन हिरो विशाल कृष्ण भ्रष्टाचारका विरुद्ध खुलेर लागिरहेका व्यक्ति हुन् । यतिबेला उनी राजनीतितिर पाइला बढाउने बारे सोचिरहेका छन् ।
उनले विधानसभाको उपचुनाव लड्ने घोषण गरेका छन् । एक पत्रिकासँग गरेको अन्तर्वार्तामा यस्तो घोषण गरेका हुन् । मुख्यमन्त्री जयललिताको निधनपछि उनको ठाउँमा पुनःचुनाव गराइदैछ । सोही ठाउँमा उनी स्वतन्त्र उम्मेदवार बन्ने भएका हुन् ।
केही दिनअद्धि फिल्म ‘मर्सल’को विवादमा बीजेपी नेता एच. राजाको विरोध गरेका थिए । उनले पायरेसीका विरुद्ध पनि लगातार अभियान चलाइरहेका छन् । उनी साउथ इन्डियन फिल्म आर्टिस्ट्स एशोसियसनका एन्ड फिल्म प्रोड्युसरका प्रमुख पनि हुन् । उनीअघि साउथका फिल्मकर्मी कमल शसन र रजनीकान्तले पनि राजनीतिमा आउने बताइसकेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।