काठमाडौं– भूपरिवेष्ठित राष्ट्रहरुको पारवहन पहुँचसम्बन्धी अधिकार उपयोगमा नेपालले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ। बेलायतमा जारी अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आइएमओ) को ३०औं महासभामा नेपालले यस्तो आग्रह गरेको हो।
महासभामा बेलायतका लागि नेपाली राजदूत तथा आईएमओका लागि स्थायी प्रतिनिधि डा दुर्गाबहादुर सुवेदीले प्रतिनिधित्व गरेका छन्। महासभामा उनले नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले अन्तर्राष्ट्रिय सन्धि र सम्झौताले प्रदान गरेका समुद्रसम्मको पारवहन पहुँचसम्बन्धी अधिकार प्राप्तिका लागि नेपाल अग्रपंत्तिमा उभिएको बताएका थिए। बेलायतस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्ति अनुसार डा सुवेदीले सामुद्रिक वातावरणको बढ्दो दुरावस्था र सामुद्रिक वातावरणको चिन्ता व्यक्त गर्दै त्यसको समाधानका लागि जोड दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।