रुकुम पश्चिम– रुकुम पश्चिममा विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ता पक्राउ परेका छन्।
जिल्लाको चौरजहारी नगरपालिका–५ सल्लाबोटबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।
पक्राउ गर्ने क्रममा शर्मा भाग्न खोज्दा प्रहरीले दुई राउन्ड हवाई फायरसमेत गरेको थियो।
शर्मालाई पक्राउ गर्ने क्रममा एक जना प्रहरी घाइते समेत भएको जिल्लाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।