नयाँ दिल्ली- भारतको प्रमुख विपक्षी दल कांग्रेस पार्टीको अध्यक्षमा राहुल गान्धीले उम्मेदवारी दिएका छन्।
राहुलकी आमा सोनिया गान्धी अहिले कांग्रेस अध्यक्ष छिन्। उनले स्वास्थ्य लगायत कारणले पार्टी अध्यक्षमा निरन्तरता दिन नसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सन् २०१९ मा हुन लागेको पार्टी महाधिवेशनका लागि पार्टी अध्यक्षमा उम्मेदवारी दर्ता गराउने अन्तिम दिन सोमबारसम्म छ।
राहुल पाँच वर्षयता पार्टी उपाध्यक्ष रहँदै आएका छन्। अध्यक्षमा केही वर्षयता कसैले पनि उम्मेदवारी दिएको थिएन।
अध्यक्षमा उम्मेदवारी दर्ता गराउने अन्तिम समय सोमबार साँझसम्म कसैले उम्मेदवारी नदिए राहुल नै पार्टी अध्यक्ष हुने बताइएको छ। सन् १९९८ देखि पार्टी अध्यक्ष सम्हाल्दै आएकी सोनियाले छोरालाई पार्टीको बागडोर दिन लागेकी हुन्।
अहिले कांग्रेसका लागि राहुल अध्यक्ष हुनु उचित हुने र राहुलले आगामी दिनमा राम्रो कार्यसम्पादन गर्ने भारतको उत्तरी राज्य पन्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।