नेपालगञ्ज– निर्वाचनका बेला सीमावर्ती क्षेत्रको शान्ति–सुरक्षालाई प्रभावकारी बनाउन सोमबार मध्यराति १२ बजेदेखि नेपालगन्जको जमुनाह नाका बन्द गरिने भएको छ।
नेपाल र भारतका सुरक्षा अधिकारीबीचको सहमति अनुसार सोमबार राति १२ बजेदेखि मंसिर २१ को चुनाव सम्पन्न नहुँदासम्म सीमा नाका बन्द गर्न लागिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताए।
निर्वाचनमा सीमावर्ती क्षेत्रको सुरक्षालाई प्रभावकारी बनाउन नेपाल र भारत दुवैतर्फबाट पैदलयात्रु र सबै सवारीसाधनको आउजाउमा रोक लगाइएको छ। नाका बन्द हुने सूचना स्थानीय प्रशासनले एक साताअघि नै जारी गरेको थियो।
निर्वाचनका बेला खुला सिमानाका कारण हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न नेपाल र भारतका सुरक्षाकर्मीहरुले सीमावर्ती क्षेत्रमा संयुक्त गस्ती गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।