काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पक्राउ पर्ने डरले कर्मचारीहरु बिचौलियामार्फत मात्र घुस खान थालेका छन्। अख्तियारले घुसमा मध्यस्तकर्ताको भूमिका खेल्ने बिचौलियाहरुलाई समेत पक्राउ गर्न थालेपछि यो रहस्य खुलेको हो।
अख्तियारले बिहीबार मालपोत कार्यालय कलंकीका दुई कर्मचारी र एक बिचौलियालाई पक्राउ गरेको छ। नासु शेरबहादुर थापा र नारायणमणि खनाल ३० हजार घुससहित पक्राउ परेका छन्। उनीहरुले बिचौलिया कपिलदेव खड्कामार्फत घुस लिएका हुन्। खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ।
सोमबार विशेष अदालतबाट म्याद थप गरेपछि आयोगले पक्राउ परेको विवरण सार्वजनिक गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।