काठमाडौं- नेपाली कलाकारले अभिनय गरेको जापानी गीत सार्वजनिक भएको छ।
फिल्म 'माई लभ'का कलाकार गणेश लामा र शीतल श्रेष्ठले अभिनय गरेको जापानी गीत सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको हो माई लभकै उक्त गीतमा जापानी नायिका युइची हायताको पनि अभिनय छ। गीतमा जापानी कोरस कलाकारहरु फिचरिङ छन्।
ताकाफुमी होसाईको संगीत रहेको गीतमा रेई सातो, शिनोबु ओशिमा, मिसाओ युइदा र युका तुका टोकुईले स्वर दिएका छन्। गीतको शब्द भने निर्देशक डा. तोसिआकी इतोहले लेखेका हुन्। जापानमा नारायण जिसीले खिचेएको गीतलाई प्रदीप श्रेष्ठले निर्देशन गरेका हुन्।
माई लभ मंसिर २९ गतेदेखि काठमाडौं उपत्यकासहित देशभरका मल्टिप्लेक्सहरुमा रिलिज हुँदैछ।
नेपालमा २०७२ बैसाख १२ गते गएको विनाशकारी भूकम्पको कथामा फिल्म तयार भएको हो। भूकम्पले काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा गरेको क्षतिसँगै सुरक्षाकर्मी र उद्धारकर्मीहरुले खेलेको प्रशंसनीय भूमिका फिल्मका दृश्यमा समेटिएको छ।
जापानी निर्देशक डा. तोसिआकी इतोहले निर्देशन गरेको फिल्ममा गणेश लामा, शीतल श्रेष्ठ, जापानी अभिनेत्री रिवन मित्सुतानीको मुख्य भूमिका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।