काठमाडौं– ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा जुठाजूले बुहारीको हत्या गरेका छन्।
२५ वर्षीया बुहारी अञ्जना लामा महतको हत्या गरेको आरोपमा प्रहरीले उनका जेठाजू ३५ वर्षीय उज्वल महतलाई बिहीबार पक्राउ गरेको छ।
उनलाई महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
उज्वलले खुकुरी प्रहार गरी बुहारी अञ्जनाको हत्या गरेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।