काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै १५ लाख अवैध रकमसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।
राहदानी नम्बर इए ४२५६७४८ बाहक चिनियाँ नागरिक ४९ वर्षीया वाङ चुनयानलाई अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको विभिन्न मुलुकका मुद्रासहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो।
उनको साथबाट नेपाली रुपैयाँ एक लाख, अमेरिकी डलर १३ हजार २०, भारतीय रुपैयाँ ८ हजार ३ सय र चाइनिज युयान एक हजार गरी झण्डै १५ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
एयर चाइनाको उडानद्वारा चीनको चेङ्गडुतर्फ जान लागेकी उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उक्त मुद्रा सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेकी उनलाई बरामद मुद्रा सहित आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।