काठमाडौं– फिल्म ‘लभ डायरिज’ बन्ने भएको छ । सौरभ चौधरीले निर्देशन गर्ने फिल्मका लाग अभिनेता सुशील श्रेष्ठ फरक स्वरुपमा देखिन लागेका छन् । फिल्ममा रुबिना थापा, विश्वजित रिमाल, बिष्णु सापकोटा लगायतका कलाकारले अभिनय गर्ने पक्का भएको छ ।
फिल्मको ‘कारखाना’, ‘सायद–२’मा मा देखिसकेका उनको नयाँ लुक्स सार्वजनिक गर्दै फिल्म घोषणा गरिएको हो ।
सम्पादक साहिल खानले यो सिनेमामा ‘एसोसियट डाइरेक्टर’को भूमिका निर्वाह गर्नेछन् । साथै, फिल्ममा साहिल र मिलन श्रेष्ठको सम्पादन समेत रहनेछ।
'इइस्टर इन्टरटेनमेन्ट’को व्यानरमा निर्माण हुने लभस्टोरी सिनेमामा विनोद सापकोटाको निर्माण र बीबी ढकालको सहनिर्माण रहनेछ । चुनावलगत्तै छायांकनमा जाने सिनेमामा संजय लामाको छायाँकन, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहनेछ । ‘लभ डायरिज’ले भिडियोद्वारा फिल्म घोषणा गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।