• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

रत्नशमशेर थापाका प्रतिबन्धित चार गीत 

64x64
नेपाल लाइभ शुक्रबार, भदौ २३, २०७४  ०८:३३
1140x725

काठमाडौं– समकालीन सर्जकहरु कोही रेडियो नेपाल त कोही तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका जागिरे थिए। गीतकार रत्नशमशेर थापाले भने कहिले पनि ती संस्थामा जागिर खाएनन्। चाहेनन्।  

कलेजको सुरुवाती दिनदेखि नै नारायणगोपाल, नातिकाजी लगायतसँग जोडिन पुगेका उनलाई जागिरको ‘लोभ’ जागेन। 

‘मलाई आफ्नो स्वाभिमान ठूलो लाग्छ, किन म कसैसँग सम्झौता गरूँ ?’ हक्की स्वभावका उनले अहिले पनि झोँक्किएरै भने, ‘एकेडेमी छिर्नलाई कसैको पाउ मोल्नुपर्थ्यो। रेडियो भन्नु मात्रै, त्यहाँभित्रको वातावरण अस्तव्यस्त थियो। मलाई यस्ता कुराले छुँदै छोएन।’

अहिले प्रतिष्ठानको नामबाट ‘राजकीय’ मात्र हटेको छ, तर नियुक्ति र चाकडी प्रवृत्ति उही। त्यो बेला पनि एकेडेमीभित्र चाटुकारहरुको संख्या निकै रहेको बताउँछन् थापा। यही प्रवृत्तिमाथि व्यंग्य गर्दै उनले प्रयोगधर्मी कविता नै लेखे-

चाकडी × चुक्ली + चाप्लुसी = परम्परा 

‘यो देशको प्रवृत्ति नै हो चाकडी र चुक्ली,’ उनी हाक्काहाक्की भन्छन्, ‘यही परम्पराबाट देश चलिरहेको छ वर्षौंदेखि । म यसको ठ्याक्कै विरोधी हुँ।’ 

साथीभाइसँगको चियागफमा मात्रै होइन उनी यस्ता प्रवृत्तिमाथि खुलेरै बोल्थे लेख्थे । यही कारण हुन सक्छ, रेडियो नेपालबाट उनका चार वटा गीत प्रतिबन्धित हुन पुगे।

पञ्चायतकालीन व्यवस्थाको रजगजको समय थियो त्यो। सोझै बोल्ने/लेख्ने वातावरण थिएन। रेडियोले गीतमा प्रतिबन्ध लगाएपछि आफै बुझ्नुपर्थ्यो, प्रजातन्त्रको पक्षमा लेखेको ठानेर बन्देज लगाइएको होला भनेर। अन्य कारण के थिए, थापाले अहिलेसम्म बुझ्न सकेका छैनन्। ‘नजिकका आफ्नाहरुलाई हालेर कोटा भर्ने प्रवृत्ति थियो। तिनले बाहिरको सर्जकलाई मनै नपराउने,’ उनी भन्छन्, ‘कोहीसँग चित्त बुझेन भने टेप नै काटिदिने वा कतिपय कलाकारलाई ‘भ्वाइस टेस्ट’बाट छिर्नै नदिने खेल खेल्थे।’

Ncell 2
Ncell 2
nimb
nimb

यो खेलबारे नारायणगोपाल पनि अनभिज्ञ थिएनन्। कहिलेकाहीँ उनी नयाँ जुक्ति निकाल्थे र, थापासँग भन्थे, ‘हामीले अझ केही नयाँ काम गर्नुपर्छ। रेडियोमा सहजै रेकर्ड पनि होओस्, तिमी अब तन्नेरीले मस्त भएर गाउने खालको गीत लेख।’ 

उनको जुक्तिले काम गर्‍यो। अनेक विम्ब र प्रतीकमा लेखिएका गीतलाई अनर्थ लगाउने रेडियोले तन्नेरीले बुझ्ने सरल गीतलाई पक्कै अस्वीकार गर्दैन भन्ने लाग्यो थापालाई।

हाँस्छौं गाउँछौं वसन्त ल्याउँछौं प्रेमको अनुरोधमा
धन्दा लिन्नौं हामी केही उनको विरोधमा... 

नारायणगोपाल र तारादेवीको युगल स्वरमा थियो यो गीत। आम स्रोताको कानसम्म पुग्नै पाएन, प्रतिबन्धको सूचीमा पर्‍यो।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नयाँनयाँ विषयमा गीत लेख्न नारायण उक्साइरहन्थे। कहिले माग्नेहरुको संवेदनामाथि गीत लेख भनेर आग्रह गर्थे, कहिले सिपाहीको जीवनमाथि। ‘गरिब र भिखारीहरुको संवेदना टिपेर मैले लेखेँ, नारायणले ट्युन भरे,’ थापा सम्झिन्छन्, ‘यो गीत पनि प्रतिबन्धको सिकार बन्यो।’
गीत थियो- 

एक मुठी चामल पाऊँ न हजुर
जयजय मनाऊँला... 

पहिलेकै ट्युनमा रहेको यो गीतलाई अहिले शिशिर योगीले गाएका छन्।
अर्को गीत पनि लेखेका थिए थापाले-

सल्किन्छ यो नगरमा ठट्टैमा जिन्दगानी
झल्किन्छ यो नजरमा मोती होइन पानी...

नारायणगोपालको स्वर–संगीतमा रेकर्ड भएको यो गीत पनि सार्वजनिक हुन पाएन। ‘कुन सीमासम्मको गीतमा बन्देज लगाइन्छ भन्ने नै थाहा पाइन्नथ्यो,’ गीतकार थापा भन्छन्, ‘गीत ब्यान्ड गरिएको खबर आएपछि किन भनेर सोध्नुको अर्थ थिएन। रेडियोले नै निर्णय गरेपछि गर्‍यो-गर्‍यो।

रेडियोको प्रतिबन्धित सूचीमा परेको यो गीतलाई पछि अर्कै ट्युनमा रेकर्ड गराए शिवशंकरले। जसलाई रमेश ताम्राकारले गाएका छन्। 
थापाले ०१८ सालतिर लेखेका थिए-

बिहानीका तारा हामी सर्वहारा
धूलोमा लडी ओढ्दछौं शीतका धारा...

नारायणगोपाल र तारादेवीले यो गीतमा खुबै मेहनत गरेको उनी सुनाउँछन्। ‘उनीहरुले रिहर्सल गरेका थिए। पछि ‘कम्युनिस्टले गाउने खालको गीत’ भनेर रेडियोका कर्मचारीले रेकर्ड गर्न मानेनन्। 

‘केही पूर्वाग्रही कर्मचारीकै कारण मेरा कतिपय गीत बिनाकारण ब्यान्ड भएका छन्,’ उनी विगततिर फर्कन्छन्, ‘त्यस्तो बाधा र अवरोध त कति थियो कति। एकदमै सचेत भएर लेख्नुपर्ने अवस्था थियो। जनमानसमा भिज्ने खालका गीत कसरी लेख्न सकिन्छ भनेर दिमाग लगाइन्थ्यो तर त्यसको मार्मिकतालाई आफ्नै अनुकूलतामा अर्थ्याइदिन्थे।’ 

एक–दुई वटा होइन चार/चार वटा गीत प्रतिबन्ध हुँदा सर्जकको सिर्जनामाथि कत्रो क्षति पुग्ला? थापालाई यसको राम्रै हेक्का छ। रेडियो नेपालले उनको गीतमाथि पटकपटक प्रतिबन्ध त लगाएकै थियो। त्यही समय उनका समकालीन माणिकरत्नको गीतलाई गोरखापत्रले सम्पादकीयमै उद्धृत गर्दै ‘अश्लील गीत’को ट्याग भिराइदियो। 

गीत थियो- 

त्यो खोलाको सङ्लो पानी खाइजाऊँ खाइजाऊँ लाग्छ... 

गीतमाथि सरकारी पत्रिकाको समेत निगरानी बढेपछिको घटना सम्झन्छन् थापा, ‘त्यसपछि त यो गीत सुन्ने स्रोताहरुको संख्यामा वृद्धि भयो। मेरा साथीहरू सुनाउँथे, झन् सही भयो। तिमी पनि अब अन्य गीत लेख। नडराई लेखिराख।’

थापालाई न पञ्चायत बचाउनु थियो न त लेख्नु नै थियो प्रजातन्त्र पक्षधर गीत। आफूभित्रको सर्जकलाई नढाँटी सिर्जिएका गीतमाथि नै भटाभट बन्देज लगाउन थालिएपछि रेडियोप्रति उनको दूरी टाढिँदै गयो। मुड चल्दा उनी दुई–तीन महिनामा एक पटक पुग्थे। 

‘त्यहाँ मेरो क्लासफेलो नातिकाजी भएकाले मात्रै, नत्र मलाई इच्छा थिएन,’ गाँजिएको कर्मचारी प्रणालीबारे उनी सुनाउँछन्, ‘त्यहाँ मेरो गफै नमिल्ने। रेडियो जस्तो ठाउँमा क्रिएटिभ कुरा हुनुपर्ने हो, मलाई त्यस्ता सस्ता गफ मन पर्दैनथ्यो।’ 

उमेरले आठ दशक टेके पनि थापा सिर्जनामा उत्तिकै सक्रिय छन् अहिले। कमलपोखरीस्थित निवासको साँघुरो कोठामा धुमधुम्ती बस्छन्। पुरस्कार र सम्मानपत्रको थाकले कोठा साँघुरिने क्रम बढ्दो छ। त्यही साँघुरो मै उनी घरी मुक्तक त घरी कविता कोरिरहन्छन्। 

'ए कान्छा ठट्टैमा', 'गोरेटो त्यो गाउँको', 'बिछोडको पीडा', 'आँखैमा रात गली', 'जाग लम्क चम्क है', 'पन्छीमा डाँफे राम्रो' जस्ता लोकप्रिय गीतका सर्जक हुन् थापा। उनी वर्तमानमा स्मृतिका लहर आँखाभरि नचाउँछन् र बाँच्नुको सार्थकता भेट्टाउँछन्। कुनै गुनासो पनि छैन उनमा।

समय धेरै बगिसक्यो, किनकि पञ्चायतको जर्जर समय भोगेका यी सर्जक गणतन्त्रको खुलापनमा बाँचिरहेका छन्।

प्रकाशित मिति: शुक्रबार, भदौ २३, २०७४  ०८:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाली क्रिकेट अमर रहोस्: बालेन
ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुला निर्वाचित
२४ घण्टामा ट्रााफिक कारबाहीमा किन परे ५१४ सवारी चालक ?
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नेपाली क्रिकेट अमर रहोस्: बालेन सोमबार, कात्तिक ९, २०८३
ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुला निर्वाचित सोमबार, कात्तिक ९, २०८३
२४ घण्टामा ट्रााफिक कारबाहीमा किन परे ५१४ सवारी चालक ? सोमबार, कात्तिक ९, २०८३
एनपीएलकाे पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै सोमबार, कात्तिक ९, २०८३
आजका लागि तोकियो अमेरिकी डलरदेखि भारतीय रुपैयाँसम्मको विनिमय दर, के को कतिमा हुन्छ खरिद बिक्री सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
पाकिस्तानी खेलाडीको एनपीएल सहभागिता अन्योलमा आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्