काठमाडौं– केकी अधिकारी र नाजिर हुसेनको फिल्म ‘राज्जा रानी’को ट्रेलर रिलिज भएको छ । राजधानीमा एक कार्यक्रम आयोजना गरी फिल्मको ट्रेलर रिलिज गरिएको हो । ट्रेलरमा मुख्यतः केकी अधिकारी, नाजिरर हुसेन र कामेश्वर चौरासिया देखिएका छन् । प्रेम र कमेडीलाई फिल्मले प्रमुख रुपमा प्रस्तुत गरेको ट्रेलरमा देखिन्छ । एमके पौडेलले निर्माण गरकेो फिल्मलाई यम थापाले निर्देशन गरेका छन् । फिल्म पौष २१ लाई प्रदर्शन हुनेछ । यसअघि फिल्मको गीत सार्वजनिक गरिएको थियो । ‘चिपक चिपक’ बोलको गीत हिट छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।