काठमाडौं– श्रीमतीको हत्या गरेर २४ घन्टासम्म शव लुकाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले हत्यामा संलग्न काभ्रेको भुम्लु गाउँपालिका–६ कोलातीका २७ वर्षीय पुस्कर भनिने राजकुमार पहरीलाई पक्राउ गरेको हो।
पहरी र उनकी २३ वर्षीया श्रीमती निर्मला नेपाल काठमाडौंको बागबजारमा डेरा गरी बस्दै आएका थिए।
पहरीले बैसाख २१ गते साँझ साढे ५ बजे श्रीमतीलाई कपालमा समातेर पलङमा बजारेका थिए। सोही क्रममा मुख र टाउकोमा चोट लागेर निर्मलाको ज्यान गएको थियो।
२३ गते बिहान ९ बजेसम्म निर्मला नउठेपछि पहरीले आफन्तलाई खबर गरेका थिए। आफन्तमार्फत सोमबार दिउँसो २ बजे प्रहरीले पहरीलाई पक्राउ गरेको हो। पहरीले अपराध स्वीकार गरिसकेको प्रहरीले जनाएको छ।
भोजपुरको याङपाङ माइत भएकी निर्मलाले केही समयअघि पहरीसँग विवाह गरेकी थिइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।