धादिङ- बम र विस्फोटक पदार्थसहित दुई भारतीय नागरिक धादिङबाट पक्राउ परेका छन्।
काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बसमा रहेका उनीहरुलाई धुनीबेँसी नगरपालिकास्थिगत त्रिभुवन राजपथको खानीखोलामा पक्राउ गरिएको हो। चेकजाँचको क्रममा ना७ख ४९७६ नं को बसमा रहेका भारत आसामका २३ वर्षीय राजु विश्वास र पश्चिम बंगालका ३० वर्षीय मोहमद फरमान अली समातिएका हुन्।
उनीहरुको साथबाट एउटा प्रेसरकुकर बम, दुई सकेट बम र विस्फोटक पदार्थ बरामद गरिएको प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।