काठमाडाैं- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जथाभावी विज्ञापन प्रसारण नगर्न सञ्चार माध्यमहरुलाई सचेत गराएका छन्।
मन्त्री बाँस्कोटाले प्रमाणित नै नभएको मेडिसिनको समेत विज्ञान प्रशारण भइरहेको उल्लेख गर्दै त्यसो नगर्न सञ्चार माध्यमहरुलाई सचेत गराएका हुन्।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार प्रेस स्वतन्त्रता मात्र नभई त्यसलाई मर्यादित र जवाफदेही बनाउने गरी कानुन बनाउन प्रतिवद्ध रहेको पनि जिकिर गरे। मन्त्री बाँस्कोटाले संचारसम्बन्धी कानुनलाई अभ्यासको आधारमा सुधार गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गरे।
मन्त्री बाँस्कोटाले प्रेसको सम्पादकीय स्वतन्त्रता हनन् हुन नदिन पनि सरकार सचेत रहेको प्रष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।