जनकपुर- शारीरिक रूपमा अशक्त ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
सो आरोपमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–३२ का ३५ वर्षीय फिरोज अली र उनलाई सहयोग गर्ने तफाजु देवानलाई वैशाख २२ गते पक्राउ गरेको हो।
बलात्कारका आरोपी फिरोज र फिरोजलाई साथ दिएको भन्दै वीरगञ्ज महानगरपालिका–३२ का ३१ वर्षीय देवानलाई पनि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केबरका इन्स्पेक्टर सरोज राईले बताए।
आरोपीले वैशाख २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख २२ गते इलाका प्रहरी कार्यालय ढल्केबरमा उजुरी दर्ता गराएका थिए।
पीडित महिलाको स्वास्थ्य परीक्षण जनकपुर अञ्चल अस्पतालमा वैशाख २२ गते गरिएको इन्स्पेक्टर राईले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।